+
+
Shares

बालाजुको गुम्बा नजिक भेटियो पुरुषको शव

नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बानियाँको शव बुधबार फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १३:१३

२८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा बिट नजिक मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बानियाँको शव बुधबार फेला परेको हो ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनका अनुसार बानियाँ मन्दिर परिसरमा मागी खाने व्यक्ति हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?