+
+

रास्वपाका कार्यकर्ताले बोकेको वाकीटकीबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

दलका कार्यकर्ता पहिरो पन्छाएका होइनन् : प्रशासन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १३:१०

२४ साउन, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा वाकीटाकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता देखिएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ ।

पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको वाकीटाकी दर्तावाल हो कि होइन भन्ने विषयमा छानिबन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई निर्देशन दिएको हो ।

मंगलबार (हिजो) नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अंकित ज्याकेट लगाएका र वाकीटाकी लिएका व्यक्ति देखिएका थिए । फेसबुकमा सार्वजनिक भएको उक्त फोटोमा ती व्यक्तिले लगाएको ज्याकेटमा आर.ए.टी. (र्‍यापिड एक्सन टिम) पनि लेखिएको थियो ।

रास्वपा समर्थकहरुले पहिरो पन्छाउन र जाममा परेका सवारी साधनको ट्राफिक व्यवस्थापन गर्न रास्वपाको टोली खटिएको भनेर प्रचार गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले चासो देखाएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै पहिरो पन्छाउने वा जाम हटाउने विषयमा कुनै भूमिका नखेलेको जानकारी दिएका छन् ।

प्रजिअ पौडेलले जारी गरेको सूचनामा कुनै दलका कार्यकर्ताले पहिरो पन्छाउने कार्यमा सहयोग गर्छौं भनेर स्वीकृती समेत नलिएको उल्लेख छ । पहिरो पन्छाउन राज्यकै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी ट्राफिक व्यवस्थापनसमेत गरिएको सूचनामा उल्लेख छ ।

साथै प्रशासनले विपद्का घटनामा कुनै दल वा संगठनको परिचय विना र विपद व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने स्पष्ट पारेको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?