+
+

माछा सुँघ्ने, खाने र माछाकै झोल पिउने अनौठो लत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १३:००

मानिसलाई चिया कफी, चुरोट, मदिरा आदिमा लत बसेको त थाहा भएकै कुरा हो । तर अमेरिकामा एकजना व्यक्तिलाई भने माछाको लत बसेको छ । उनलाई दिनहुँ टुना माछाको गन्ध सुँघ्नु पर्छ, हप्ताका कम्तिमा १५ डिब्बा माछा खानुपर्छ, माछाकै रस पिउनु पर्छ । अनि जतिबेला पनि माछा राखेको बट्टा सुँघ्नुपर्छ ।

अमेरिकाको कन्सासस्थित लरेन्समा बस्ने टाइलर नामक व्यक्तिले My Strange Addiction : Addicted नामक एक टेलिभिजन कार्यक्रममा आफ्नो अनौठो लतको बारेमा खुलासा गरेका हुन् ।

त्यसक्रममा उनले डिब्बामा बन्द गरेर बजारमा बेच्न राखिएका टुना माछाप्रति आफ्नो आशक्तिका बारेमा चर्चा गरे ।

द न्युयोर्क पोस्टका अनुसार टाइलरको माछाको लत यतिधेरै बढेको छ कि उनले माछालाई नै प्रफ्युमका रुपमा समेत प्रयोग गर्दछन् । आफूलाई हरेक दिन, हरेक समय, रातभर तथा कुनै पनि समयमा टुना माछाको गन्ध सुँघ्न मन लाग्ने उनी बताउँछन् ।

टाइलरकी आमा उर्सुला भन्छिन्- उसलाई पहिले पनि सधै माछा नै मन पर्थ्यो । जब ऊ सानो थियो र इस्टरका बेला जब धेरैजसो बच्चाहरु आफ्नो टोकरीमा मनपर्ने चकलेटहरु होउन् भन्ने चाहन्थे तर उसले भने चकलेट खाएन । त्यसैले उसलाई त्यो टोकरीमा पनि हामीले टुना तथा सार्डिन माछाका डिब्बा राखिदिन्थ्यौं किनकि उसलाई माछा मन पर्दथ्यो । तर उसको लत यति हदसम्म जान्छ होला भन्ने लागेको थिएन । उसमा माछाको लत कसरी बस्यो पत्तै भएन ।

युट्युबमा शेयर गरिएको उक्त टेलिभिजन कार्यक्रमको एक भिडियो अंशमा टाइलर एक कफी शपमा बसिरहेको देखिन्छ ।

उनले आफ्नो गोजीबाट टुनाको एक सानो बट्टा र बट्टा खोल्ने साधन निकाल्छन् । चारैतर्फ हेरेर उनले सावधानीपूर्वक त्यो बट्टा खोल्दछन् र गहिरो गरी सुँघ्छन् । उनले बट्टा सुँघेर माछाको गन्ध लिइरहेको बेला एकजना महिला हातमा कफीको कप समाएर नजिकै आउँछिन् । तर टाइलरलार्य कफीप्रति कुनै रुचि छैन । उनले पुनः एकपटक त्यहीँ बट्टा सुँघ्छन् । उनको त्यो व्यवहारले कफी शपका कर्मचारीहरु पनि आश्चर्यमा पर्दछन् ।

टेलिभिजन कार्यक्रममा टाइलर भन्छन्, ‘मलाई टुना माछा सुँघ्ने लत त र साथीहरु मलाई टुना टाइलर भन्न थालेका छन् । जब मानिसहरुले मलाई सार्वजनिक रुपमै माछा सुँघिरहेको देख्छन् त उनीहरुले यो केही अनौठो मान्छे छ भनेर सोँचिहाल्छन् । अरु मानिसलाई त यो अनौठो लाग्नसक्छ, तर मेरो लागि यो नितान्त सही छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?