+
+

कुलमान घिसिङको पत्रकार सम्मेलनमा झ्याप–झ्याप बिजुली गएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १५:१५

२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा अहिले पत्रकार सम्मेलन भइरहेको छ । जहाँ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा घिसिङ बोलिरहेकै बेला झ्याप झ्याप बिजुली गइरहेको छ । सुरुमा २ मिनेट बिजुली जाँदा हलमा गुञ्जायमान भयो । सोही क्रममा घिसिङले पत्रकारहरुलाई आश्वस्त पार्दै भने, ‘सिस्टममा डिस्ट्रब भएको रहेछ, एकछिनमा आउँछ ।’ नभन्दै बिजुली आयो । बिजुली आएको केही समयपछि नै फेरि बिजुली गयो ।

कुलमानले पत्रकार सम्मेलनलाई जारी राख्दै भने, ‘प्रसारणलाइनमा गडबड भएर यो लाइन गएको हो।’ केही बेरमा फेरि लाइन आएको छ । पत्रकार सम्मेलन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?