+
+

पश्चिम नवलपरासीमा विद्यार्थी र प्रहरीबीच झडप, ७ प्रहरीसहित ११ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १९:०१

२५ साउन, बुटवल । पश्चिम नवलपरासीको प्रतापपुरस्थित त्रिभुवन क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप हुँदा सात प्रहरी र विद्यार्थी गरी ११ जना घाइते भएका छन् ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । झडपमा प्रहरी निरीक्षकसहित ७ प्रहरी घाइते भएका पान्डेयले बताए ।

घाइते विद्यार्थीबारे प्रहरीले यकिन नगरेपनि बेलाटारी क्याम्पसका क्याम्पस प्रमुख मनोजधर द्विवेदीले चारजना विद्यार्थी घाइते भएको बताए । विद्यार्थीले ढुंगामुढा गर्दै पार्किङमा रहेका सवारी साधनमा तोडफोड गर्न थालेपछि आश्रुग्यास हान्नुपरेको  प्रहरीको जिकिर छ । सो क्रममा पार्किङमा रहेको एउटा कारको सीसा फुटेको छ ।

त्रिभुवन क्याम्पसले त्रिभुवन क्याम्पसमा कक्षा ११ र १२ को दिवा कक्षा सञ्चालनका लागि कक्षाकोठा माग गरेपछि विवाद सुरु भएको हो ।

दिउँसोमा कक्षा कोठा उपलब्ध गराउन नसक्ने क्याम्पस प्रशासनको अडानपछि बुधवार प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा त्रिभुवन क्याम्पसमा लगाइएको ताला केही जनप्रतिनिधिको रोहवरमा नगर प्रहरीले तोडेको थियो ।

बिहीबार त्यसैको विरोधमा त्रिभुवन क्याम्पसमा अध्ययनरत विद्यार्ती गाउँपालिकामा तालाबन्दी गर्न गएपछि प्रहरीसंग झडप भएको थियो ।

त्रिभुवन माविले नयाँ भवन निर्माणको चरणमा रहेकाले केही समयका लागि दिउँसोमा कक्षा सञ्चालन गर्न दिन क्याम्पससँग आग्रह गरेपनि क्याम्पसले क्युएए प्राप्तिको प्रक्रियामा रहेको बताउँदै त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुरुप कक्षाकोठा उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

त्रिभुवन मावि र त्रिभुवन क्याम्पस प्रतापपुर ९ बेलाटारीमा एकै स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?