+
+

कोशी सरकारमा जसपा, निर्मला लिम्बुलाई स्वास्थ्यमन्त्री बनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते ११:५४

२६ साउन, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।

जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको मुख्यमन्त्री उद्धव थापाले बताए ।

उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी छ । लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?