
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसिरहेको छ ।
प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै नयाँ बानेश्वरमा नै संसदीय दलको बैठक बसेको हो ।
अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका थिए ।
बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकको भनाइ छ ।
बैठकका एजेन्डा बिहीबारको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4