+
+

चोरी भएर अमेरिका पुगेका ३९ वटा बहुमूल्य सम्पदा फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते २०:५९

२६ साउन, काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरी बेचिएका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु नेपाल फर्काइएको छ । यसको तौल १६११ केजी छ ।

यी सबै बहुमूल्य सामग्री हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेको थियो । यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको कारोबार गर्ने थोक ब्यापारीमार्फत हवाईमा पुगेका थिए ।

बहुमूल्य सम्पदाहरु ‘उत्पत्तिको मुलुक’ नेपाल फर्काउन नेपाल सरकारले सन् २०११ मा अमेरिकी सरकारलाई औपचारिक अनुरोध गरेको थियो ।

सबै प्रकृया पूरा गरेर ११ मे २०२३ का दिन अमेरिकास्थित नेपाली राजदूतावासमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी अमेरिकी सरकारको तर्फबाट नेपाल सरकारलाई दूतावास मार्फत हस्तान्तरण गरिएको थियो ।

तर सामानको तौलका कारण नेपाल पठाउन सहज नभएकोले अमेरिकाको सान डियगोका लागि अवैतनिक महाबाणिज्यदूत ऋषि पुन्नाखर ढकालको सकृयता र पहलमा कतार एयरवेजले निशुल्क ती सामानहरु नेपालसम्म ढुवानी गर्न सहमत भएपछि नेपाली दूतावास अमेरिकाको समन्वयमा ती सामानहरु नेपाल फर्काइएको हो ।

अवैतनिक महाबाणीज्यदूत ढकालले यसअघि आफ्नै पहलमा ८ औं शताब्दीका बुङमतिको मछिन्द्रबहालमा रहेको बुध्दको ढुङ्गाको मूर्ति र १०औं शताब्दट्ठको नृत्यदेबीको काठको मूर्ती नेपाल फर्काईएको थियो ।

यी सामाग्रीहरु शनिबार नेपाल आइपुग्ने अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?