+
+

फ्रान्सलाई सडन डेथमा हराउँदै अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते १८:१८

२७ साउन, काठमाडौं । फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह-आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्रिसबनमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा फ्रान्सलाई ७-६ ले हरायो । अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

सुटआउटमा दुवै टिमले १०-१० पेनाल्टी प्रहार गरेका थिए । तर अष्ट्रेलियाका कोर्टनी भिनले प्रहार गरेको अन्तिम पेनाल्टी जितका लागि निर्णायक बन्यो । त्यसअघि फ्रान्सकी भिक्की बेहकोको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

अष्ट्रेलियाकी गोलकिपर म्याकन्जी आर्नोल्डले ३ पेनाल्टी प्रहार बचाइन् । तर उनै आफैँ भने गोल गर्न असफल रहिन् ।

अष्ट्रेलियाले अब फाइनल प्रवेशका लागि शनिबार नै हुने इंग्ल्याण्ड र कोलम्बियाबीचको अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?