+
+

क्यानका कार्यवाहक सचिव पाठकमाथि दुर्व्यवहार भएको भन्दै मकवानपुर प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १६:३१

२८ साउन, काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवाहक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

हेटौंडामा खाना खान बसेका पाठकमाथि स्कुटरमा आएका दुई अपरिचित व्यक्तिले शनिबार मोबिल फ्याँकेका थिए ।

‘मेरो पूर्वाग्रही कोही होइन । म त्यहाँ केन्द्रीय प्रतिनिधिको हिसाबले काम गर्न गएको थिएँ । जिम्मेवारी सम्पन्न भएपश्चात् खाना खान बस्दा पछाडिबाट मोबिल प्रहार भयो’, पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘मलाई नै हो भन्ने किटानी पनि भएको होइन । सबैजना बसिरहेका थियौं । मेरो सर्टमा लाग्यो पछि सबै साथीहरुसँग कुरा गरेर मैले प्रहरीमा उजुरी गरेको छु । छिट्टै दोषी पक्राउ होस् भन्ने चाहना छ ।’

उनीमाथि दुर्व्यवहार भएको भन्दै क्यानले विज्ञप्ति निकालेर खेद प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?