+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मानव अधिकार पुरस्कारका लागि आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते २०:१८

२८ साउन, काठमाडौं । नेपाल सरकारले मानव अधिकार पुरस्कार अक्षय कोषको स्थापना गरी मानव अधिकारको संरक्षण र सम्बर्द्धनको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने एकजना व्यक्ति र एउटा संस्थालाई मानव अधिकार पुरस्कार प्रदान गर्न प्रारम्भ गरेको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार, पुरस्कारको राशि व्यक्ति र संस्था प्रत्येकलाई एकलाख एघार हजार एकसय एघार रुपैया रहेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्वरको अवसरमा पुरस्कार प्रदान गरिने छ ।

२०८० सालमा प्रदान गरिने मानव अधिकार पुरस्कारका लागि इच्छुक योग्य व्यक्ति तथा संस्थाहरुले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको वेबसाइट www.moljpa.gov.np मा प्रकाशित सूचना वमोजिम इमेल ठेगाना infolaw@moljpa.gov.np मा आवेदन पठाई पुरस्कार छनौट प्रक्रियामा सहभागी हुन आह्वान गरिएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ५० औं वर्षलाई मानव अधिकार वर्षको रुपमा मनाउने गरी संयुक्त राष्ट्र संघले निर्णय गरे बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले मानव अधिकार वर्ष सन् १९९८ राष्ट्रिय समिति गठन गरी ५०औं वर्ष भव्य रुपमा मनाएको थियो ।

सोही अवसरमा उक्त समितिले मानव अधिकारको संरक्षण र सम्बर्द्धनको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्ति वा संस्थालाई नेपाल सरकारले नै मानव अधिकार पुरस्कार प्रदान गरी यस क्षेत्रमा गरेको योगदानको कदर गर्ने र प्रोत्साहित गर्ने प्रणालीको विकास गर्न सिफारिश गरे अनुरुप यो पुरस्कार स्थापना गरिएको थियो ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?