+
+
विचित्र :

एक महिनाको मोबाइल फोनको बिल २ करोड ६५ लाख रुपैयाँ आएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १४:१३

काठमाडौं । कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र  अर्को महिनादेखि खपतमा नियन्त्रण गर्ने प्रयास गर्दछौँ । तर, अमेरिकाकी एक महिलाको मोबाइल फोनको मासिक बिल यतिधेरै आयो कि त्यो उनको काबुमा थिएन ।

सेलिना नामक ती महिलाको हालै एक महिनाको फोनको बिल २ लाख १ हजार अमेरिकी डलर अर्थात् झण्डै २ करोड ६५ लाख रुपैयाँको थियो । सेलिना र उनका दुईजना अपाङ्ग भाइहरुले प्रयोग गर्ने गरेका तीनवटा मोबाइल फोनको बिल बिल यतिधेरै उठ्दा उनले विश्वास नै गर्न सकिनन् ।

उनका दुईजना भाइहरुले फोनमा डाटा तथा मेसेजको खपत पर्याप्त गर्दथे । तर, यति हुँदाहुँदै पनि औषत रुपमा उनको मासिक फोनको बिल बढीमा डेढ सय डलर सम्म आउँथ्यो । त्यसैले एक्कासी २ लाख डलरभन्दा  धेरैको बिल आउँदा उनले कम्पनीले भुलबस त्यस्तो बिल पठाएको भन्ने ठानिन् ।

फोनको बिल अविश्वसनीय आएसँगै उनले त्यसलाई सच्याउनका लागि आफ्नो मोबाइल फोन सेवा प्रदायक कम्पनी टी मोबाइलसँग सम्पर्क गरिन् । तर, कम्पनीले उक्त बिल सही रहेको जवाफ दियो ।

उनले आफूले २ लाख १ हजार डलरको बिल प्राप्त गरेको बताउँदा बताउँदै पनि कम्पनीले त्यसपछि उनको गुनासोलाई नजरअन्दाज गर्‍यो ।

त्यसपछि उनी स्थानीय मिडियाहरुको सहारा लिन पुगिन् । उक्त विषयमा मियामीको टेलिभिजन स्टेशन डब्लूएसभिएन टिभीले जोडदार रुपमा फलोअप गरिरह्यो । जसका कारण टी मोबाइल कम्पनी सेलिनाको बिल रकमलाई २ हजार ५ सय डलरमा झार्न तथा रकम भुक्तानीका लागि ६ महिनाको समय प्रदान गर्न राजी भयो । तर प्रश्न उठिरहेको थियो कि आखिर त्यो बिल सही थियो भने कसरी त्यतिधेरै रकम उठ्यो ?

वास्तवमा सेलिनाका दुईजना भाइहरु एक हप्ताका लागि क्यानडा गएको बेला अन्तराष्ट्रिय रोमिंग शुल्कका कारण उनीहरुले प्रयोग गरेको कल, डाटा तथा टेक्स्टका लागि यतिधेरै बिल उठेको रहेछ ।

वास्तवमा मोबाइल सेवा प्रदायक कम्पनीको सेवा खरिद गर्दा सेलिनाले विदेशमा फोन उपयोग गर्दा लाग्ने शुल्कका बारेका नियमहरु राम्रोसँग पढेकी थिइनन्।

समाचार अनुसार सेलिनाका भाइहरुले एक हप्ता क्यानडामा रहँदा २ हजारभन्दा धेरै पटक अनलाइनमा मेसेज तथा डाउनलोड गरिएका भिडियोहरु पठाउने काम गरेका थिए । त्यसका लागि डाटा शुल्क मात्रै करिव २० हजार डलर लागेको थियो ।

त्यस्तै फोनकल, टेक्स्ट मेसेज, इन्टरनेट ब्राउजिंग र भिडियो डाउनलोडलगायतको शुल्कका कारण फोनको बिल २ लाख डलर नाघेको थियो । एजेन्सीकोद सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?