+
+

प्रधानमन्त्री भदौ ३० मा अमेरिका जाने, त्यतैबाट असोज ४ मा चीन जाने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १९:१८

३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताएका छन् ।

मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट चीन जाने जानकारी गराएका हुन् ।

अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ २१ सेप्टेम्बरमा आफ्नो सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए ।

त्यसपछि २१ सेप्टेम्बरमा चीन जाने उनले बताए । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको उनले बताए ।

चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि क्वाङसँगको भेटवार्ता तय भएको पनि प्रचण्डले जानकारी दिएका छन् । ‘चीन भ्रमणको तयारी राम्रो छ, रसुवाबाट क्रस बोर्डर ट्रान्समिसन लाइन राख्ने सहमति हुने स्थिति छ । एग्रोबेस उद्योग कसरी बढाउने भन्ने उनीहरुको चासो छ । राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने तय भएको छ’, उनले भने ।

त्यस्तै बीआरआई कार्यान्वयनको योजनाका विषयमा छलफल हुने भन्दै प्रचण्डले चीनले एउटा परियोजना अनुदानमा अगाडि बढाइदेओस् भन्ने आफ्नो चाहना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?