+
+

आयोजक अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याड पहिलो पटक विश्वकप फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १७:५१

३१ साउन, काठमाडौं । आयोजक अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्याड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि ३ पटकसम्म सेमिफाइनलमै सिमित भएको इंग्ल्याडले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै इंग्ल्याडले १–० को अग्रता बनाएको हो । तर ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट इंग्ल्याडका २ वटा डिफेन्डरलाई बिट गर्दै स्याम किरले अष्ट्रेलियाको लागि गोल फर्काइन् ।

अष्ट्रेलियाले गोल फर्काएको ७ मिनेटमा इंग्ल्याडकी लरेन हेम्पले पेनाल्टी बक्स भित्र डिफेन्डरको ट्याकललाई विफल पार्दै गोल गरिन् ।

एलेसिया रुसोले ८६ औं मिनेटमा अर्को गोल गर्दै इंग्ल्याडलाई ३–१ ले जिताउँदै फाइनलको दिशा देखाएकी हुन् ।

मिडफिल्डबाट आएको बललाई दाँया कर्नरबाट प्रहार गर्दै दोस्रो बार नजिक उनले गोल गरेकी थिइन् ।

इंग्ल्याडले फाइनलमा स्पेनसँग खेल्नेछ । फाइनल खेल भदौ ३ गते हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?