+
+

इन्धनको मूल्यवृद्धिसँगै शतप्रतिशत तलब वृद्धि गर्न सिरियाली राष्ट्रपतिको निर्देशन

सिन्ह्वा सिन्ह्वा
२०८० साउन ३२ गते ७:५०

३२ साउन, दमास्कस । सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन् ।

सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन् ।

सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको तलब वृद्धि नवौं पटक गरिएको छ । त्यसयता देशको अर्थतन्त्रले गम्भीर सङ्कट झेलेको छ ।

यो निर्णय गर्नुअघि सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलर को बीचमा थियो । यो सिरियाली पाउण्डको बजार मूल्यमा निर्भर गर्दछ ।

मङ्गलबार राति सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्यमा १८० प्रतिशत र सामान्य ओक्टेन पेट्रोलमा करिब १६५ प्रतिशतले वृद्धि गरेको थियो ।

इन्धनको मूल्यवृद्धिले सडकमा अस्तव्यस्तता निम्त्याएको छ भने धेरै बस चालकहरूले बुधबार काममा जान अस्वीकार गरेका छन् ।

मूल्य वृद्धिले खाद्य पदार्थको मूल्यमा पनि व्यवधान ल्याएको र रातारात ३० देखि १०० प्रतिशतको बीचमा बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?