+
+

‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १४:१७

काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’को स्पिन-अप तथा दोस्रो श्रृंखला ‘भष्मे डन’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । जारी पोस्टरमा फिल्मको प्रदर्शन मितिको रुपमा आगामी दशैं उल्लेख छ ।

पहिलो पोस्टरमा फिल्मका प्रमुख पात्र भष्मे डनको भूमिकामा अभिनय गरेका विपिन कार्कीलाई फिचर्ड गरिएको छ । उक्त पोस्टरमा विपिन भष्मे डनको लुक्समा छन् । पहिलो भागमा विपिनलाई यो चरित्रमा निकै रुचाइएको थियो ।

दोस्रो पोस्टरमा विपिनलाई केन्द्रमा राख्दै अन्य पात्रलाई फिचर्ड गरिएको छ । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ लगायतलाई पनि पोस्टरमा चित्रण गरिएको छ । सबै कलाकारको आ–आफ्नो लुक्स पनि यसमा प्रस्तुत छ ।

खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको ब्यानरमा दीपेन्द्र के खनालले फिल्म निर्देशन गरेका हुन् । शुक्रबार मात्रै विपिन अभिनित अर्को फिल्म ‘एक भगवत् गीता’को पनि पोस्टर सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?