+
+

दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १५:२४

१ भदौ, दाङ । दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ ।

जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।

च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

त्यसअघि ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको उनले बताए ।

साउन २९ गते साँझ जंगलबाट ल्याएको च्याउँ खाँदा घरका तीन जना बिरामी परेका थिए ।

त्यस्तै मृतकका श्रीमान् अजय सुनारकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?