+
+
गफ स्टेसनमा गायक प्रेमराजा महत :

‘कलाकार विदेश नपुगेका भए नेपाली संगीत संसारभर फैलिंदैनथ्यो’

गायक प्रेमराजा महतलाई एउटा प्रश्नले प्राय: पछ्याइरहन्छ- अमेरिका किन भासिनु भयो ? उनी यसलाई आफ्नो तर्कले यसरी जवाफ दिन्छन्, ‘कलाकार विदेशतिर नगएका भए नेपाली संगीत कसरी संसारभर फैलिन्थ्यो ?’

खेम रिसाल खेम रिसाल
२०८० भदौ १ गते १८:१५

काठमाडौं । गायक प्रेमराजा महतलाई एउटा प्रश्नले प्राय: पछ्याइरहन्छ- अमेरिका किन भासिनु भयो ? उनी यसलाई आफ्नो तर्कले यसरी जवाफ दिन्छन्, ‘कलाकार विदेशतिर नगएका भए नेपाली संगीत कसरी संसारभर फैलिन्थ्यो ?’

दुई दशकभन्दा लामो समयदेखि विश्वकै ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा बस्दै आएका छन् प्रेमराजा । धेरैजसो उतै बस्ने उनी बेलाबखत नेपाल आइरहन्छन् र  नयाँ नयाँ गीत श्रोता-दर्शकमाझ ल्याइरहन्छन् । अमेरिकाका लागि नेपाल सरकारको अवैतनिक महावाणिज्यदूत समेत रहेका उनका धेरै गीत चर्चित छन् । लोकलयको खाँटी भाका गाउने प्रेमराजाका ‘पानको पात’, सिमसिमे पानीमा’, ‘बाँझो खेतमा’, ‘हिउँचुलीमा हिउँ’जस्ता थुप्रै गीतलाई श्रोता-दर्शकले रुचाएका छन् ।

अहिले पनि नेपाली लोकसंगीतमा उत्तिकै जोशका साथ लागिरहेका प्रेमराजाले अनलाइनखबरको गफ स्टेसनमा अन्तरंग कुराकानी गरेका छन् । अमेरिकामा नेपाली कलाकारको सुख-दु:खदेखि वर्तमान नेपाली संगीतको अवस्था, विदेशमा नेपाली गीत, आफ्ना भावी योजना र नेपाली राजनीतिसम्मका कुरा उनले गफ स्टेसनमा गरेका छन् । प्रस्तुत छ, गायक प्रेमराजा महतसँग गरिएको भिडियो अन्तर्वार्ता :

भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : नवराज सिंह महरा

ग्राफिक्स : अरुण देवकोटा

 

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?