+
+

पोखराको फिर्केखोला सीमांकन अन्तिम चरणमा, खोला मिच्ने ६७ भन्दा बढी संरचना

विकास रोकामगर विकास रोकामगर
२०८० भदौ १ गते २०:०२

पोखरा । फिर्केखोला संरक्षणका लागि सीमांकन थालेको पोखरा महानगरले हालसम्म हालसम्मको सीमांकनमा १ सय १८ भन्दा बढी संरचना बनेको भेटिएको जनाएको छ  । महानगरले साउन ३ गतेदेखि अमिन बासुदेव पौडेलको नेतृत्वमा अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोलाको खोलाघर खोज्न सुरु गरेको थियो ।

पोखराको मध्यभाग भएर बग्ने फिर्केखोला ८ किलोमिटर लामो छ । जानकारहरुका अनुसार केही वर्षअगाडिसम्म ४० मिटरसम्म फैलिएको फिर्केखोला अतिक्रमणको चपेटामा पर्दा साँघुरिएको मात्रै छैन, कतै अस्तित्व नै देखिँदैन । केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै विभिन्न संघसंस्था र धार्मिक व्यापारिक भवन बनाएका छन् ।

अमिन पौडेलले फिर्खेखोला सीमांकन आइतबार सकिने जानकारी दिए । ‘अब ३० मिटर जति बाँकी होला ! भोलि (शनिबार) सार्वजनिक विदा भएपछि बाँकी काम आइतबारमौ हुनेछ,’ उनले भने । यो अवधिमा ५१ पक्की र ६७ कच्ची संरचना खोलाघर मिचेर बनेको उनले जानकारी दिए । पौडेलका अनुसार खोलाको वास्तविक आकार मिचेर संरचना बनाउनेमा ३ वटा स्कुल र १४ वटा सामुदायिक भवनसमेत छन् ।

फिर्केखोलाको अन्तिमबिन्दू गाईघाट (फेवाताल, ड्यामसाइड) देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन ।

फिर्केको वास्तविक आकार पत्ता लागिसकेपछि मापदण्ड तोकिने र असोजपछि मात्रै संरचना हटाउन सुरु गरिने मेयर आचार्यले बताएका छन् । उनले फिर्केखोला माथि बनेका अतिक्रमित संरचना हटाउन दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने जमनकारी दिए ।

‘खोला माथि नै किनेर बस्नु  भएको छ भने त त्यसको उपचार छैन । खोला माथि बेच्ने को हो ? लालपुर्जा कहाँ पाएर बेच्यो ?’ उनले भने, ‘त्यो सम्भव नै छैन, यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारबाही हुन्छ ।’

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वमा ०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमै नआई हालको कार्यपालिकाले मापदण्ड ५ मिटर बनाउने तयारी गरेको छ ।

‘फिर्केको साविकको मापदण्ड १० मिटर छ । त्यसमा केही पुनर्विचार गर्नुपर्छ भन्नेखालका कुराहरु पनि आएका छन्,’ फिर्केखोला सीमांकन उद्घाटन गर्दै मेयर आचार्यले भनेका छन्, ‘त्यसमा अहिले विज्ञहरुको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको अवस्था छ,’ आचार्यले भने, ‘केही दिनमा मापदण्ड पनि क्लियर हुनेछ ।’

फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ । एसियाली विकास बैंकको पोखरामा ‘सस्टेनेबल टुरिजम्’का लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ ।

हाल फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत खोलामा मिसाउँदै आएका छन् । खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा गएर सिसिँदा दुर्घन्धित बनेको छ ।

जिल्ला कारागार कार्यालय कास्कीलगायतका सरकारी, निजी तथा दर्जनौं व्यक्तिगत घरधनी फिर्केमा सीधै सेफ्टी ट्यांकीको ढल मिसाएका छन् ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?