+
+

महिला फुटबल कप्तान एन्जिलाको नाममा लि निङले बनायो टिसर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते ८:००

३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला सुब्बाको नाममा लि निङ ब्राण्ड टिसर्ट बनाएको छ ।

स्पोर्ट्स वेयर र स्पोर्ट्स इक्विपमेन्ट निर्माण गर्ने चाइनिज कम्पनी लि निङले आफ्नो ब्राण्ड एम्बासडर एन्जिलाको नाममा ‘एटिएस १६’ टिसर्ट तयार पारेको हो ।

एउटा खेलाडीका लागि आफ्नै नाममको टिसर्ट तयार हुनु ठूलो विषय हो । यस मानेमा गोलकिपर एन्जिला भाग्यमानी बनेकी छन् ।

नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क कम्पनी प्रालिले शनिबार एक कार्यक्रमका बीच एन्जिलाको नाममा तयार पारिएको विभिन्न चार रंगको पोलो टिसर्ट सार्वजनिक गरेको हो ।

लि निङले गत वर्ष एन्जिलाई दुई वर्षको लागि ब्राण्ड एम्बासडर नियुक्त गर्दै उनकै नाममा एटिएस १६ प्रयोग गरेर टिसर्ट तयार पार्ने जनाएको थियो ।

टिसर्टको स्लिभमा एटिएस १६ लेखिएको छ । नेपाली खेलाडीको नाममा कुनै पनि ब्राण्डले टिसर्ट नै बनाएको यो पहिलो पटक हो ।

आफ्नै नाममा टिसर्ट तयार भएपछि एन्जिलाले आफू भाग्यमानी भएको बताइन् । ‘म एकदमै भाग्यमानी महसुस गरेको छु । पहिलो पटक ब्राण्ड एम्बासडरको नाममा टिसर्ट बनाइदिनु भएको छ । यो एकदमै राम्रो हो । म पछि हाम्रो दुई खेलाडी गीता र प्रितिले पनि स्पोनसर पाउनु भएको छ ।यसले खेलाडीहरु उत्साहित भएका छन्,’ एन्जिलाले भनिन् ।

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, नेपाल बास्केटबल संघका कार्यवहाक अध्यक्ष भीमसिंह गुरुङ, महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र पूर्व राष्ट्रिय खेलाडी प्रदीप महर्जनले एन्जिलालाई अलग अलग टिसर्ट हस्तान्तरण गरेका थिए ।

चाइना ट्रेड लिङ्क कम्पनी प्रालिले अध्यक्ष राजन महर्जनका अनुसार लि निङले अहिलेसम्म विश्वमा खेलाडीको नाममा पाँच जनाको मात्र टिसर्ट तयार पारेको र एन्जिला पाँचौ खेलाडी रहेको बताए ।

महर्जनले टिसर्ट बिकीबाट प्राप्त रकमको केही हिस्सा एन्जिलालाई प्रदान गर्ने पनि बताए ।

यस्तै लि निङले एन्जिलाको बारेमा निर्माण गर्ने घोषणा भएको फिल्म ‘अन्जिला’ मा पनि लि निङकै खेल पोशाक प्रयोग गर्ने यसअघि घोषणा गरिसकेको छ ।

नेपाली राष्ट्रिय बास्केटबल टिमको जर्सी पनि लि निङले नै प्रायोजन गरेको छ । लि निङ नेपालको विभिन्न फुटबल क्लबलाई पनि प्रायोजन गर्दै आएको छ । त्यसमध्ये एक मध्यपुर युथ एसोसिएन पनि हो । जसका अध्यक्षसमेत रहेका उपेन्द्र मान सिंहले आफू खेलाडी हुँदा स्थानिय ब्राण्ड नै प्रयोग गरेको स्मरण गर्दै अहिले अन्तर्राष्ट्रिय ब्राण्डले नै नेपाली खेलाडी र क्लबहरुलाई प्रायोजन गर्ने अवस्थामा पुगेको भन्दै लि निङलाई धन्यवाद दिए ।

शनिबार नै एन्जिला र उपेन्द्रमान सिंहले दरबारमार्गस्थित दरबार मलमा लि निङको नयाँ स्वरुमको औपचारिक उद्घाटन गरे ।नेपालमा लि निङको यो पाँचौ स्वरुम हो । यसअघि जावलाखेल, बौद्ध, भरतपुर र त्रिशुलीमा लि निङको स्वरुम खोलिएको र केहि समयपछि नै काठमाडौं मलमा पनि लि निङको स्वरुम सुरु गरिने महर्जनले जानकारी दिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?