+
+

राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षण गराएर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते ११:४५

३ भदौं, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् ।

राष्ट्रपति पौडेलले महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् ।

आइतबार बिहान मुटुको परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल गई फर्किसकेको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

मुटुको उपचारका लागि झण्डै दुई साता अस्पताल भर्ना भई राष्ट्रपति पौडेल १३ असारमा डिस्चार्ज भएका थिए ।

भारत उपचार गराएर फर्केका पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि  मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?