+
+

रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १५:१५

३ भदौ, काठमाडौं । रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ ।

रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो । अन्तरिक्ष यानमा मानिस थिएनन् ।

यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले अन्तरिक्ष यान अवतर गर्न सकेका छैनन् ।

तर चीन र अमेरिकाले चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराएका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पठाउन भारत र रुसबीच प्रतिस्पर्धा छ । भारतले पठाएको चन्द्रयान-३ आउँदो बुधबार चन्द्रमामा अवतरण गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?