+
+

कोशीका मुख्यमन्त्रीको आरोप- उपसभामुखले संसदीय परम्परा तोड्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १२:४७
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा । फाइल फोटो

४ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् ।

थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरेका थिए, तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकिन् ।

तर प्रदेशसभाको बैठक बस्ने दिन उपसभामुख दनुवार उपचारका लागि काठमाडौंमा हिँडिन् । प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराएका छन् ।

अहिले केहीबेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । तर आज विश्वासको मत दिने सम्भावना नरहेको मुख्यमन्त्री थापले बताए ।

सत्तारुढ दलका नेताहरुसँग भएको छलफलपछि थापाले भने, ‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं ।’

उनले आफैंले तोकेको बैठकमा उपसभामुख अनुपस्थित हुनु गलत भएको समेत बताए ।

एमालेको निर्देशनमा उपसभामुख चलेको हो भन्ने प्रश्नमा उनले भने, म त्यो आरोप त लगाउँदिन । तर आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?