+
+

माइकल ज्याक्सनविरुद्धको यौन दुर्व्यवहारसम्बन्धी मुद्दा ब्युँतिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १६:१९

काठमाडौं । दिवंगत अमेरिकी पपस्टार माइकल ज्याक्सनविरुद्धको यौन दुर्व्यवहारको मुद्दा पुनः चल्ने भएको छ । एक अमेरिकी अदालतका न्यायाधीशले ज्याक्सनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका भनिएका दुई जना पुरुषले ज्याक्सनको कम्पनीविरुद्ध मुद्दा चलाउन सक्ने राय सुनाएका हुन् ।

वेड रोबसन र जेम्स सेफचक, दुवै जनाले ४० को दशकमा आफू किशोर हुँदा ज्याक्सनले वर्षौंसम्म आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । बीबीसीका अनुसार अब उनीहरुले ज्याक्सनको कम्पनीविरुद्ध मुद्दा चलाउन सक्छन् किनभने उनीहरुको सुरक्षाको जिम्मेवारी कम्पनीको पनि थियो ।

तर सन् २००९ मा निधन भएका गायक ज्याक्सनका वकिलले भने उनी निर्दोष रहेको बताउँदै आएका छन् । रोबसन र सेफचकले उनीहरुलाई सन् १९८० को दशकको अन्त्य र सन् १९९० को सुरुमा नेभरल्याण्ड खेतमा ज्याक्सनले यौन दुर्व्यवहार गरेको दाबी गरेका छन् ।

यो आरोपलाई सन् २०१९ को डकुमेन्ट्री ‘लिभिङ नेभरल्याण्ड’मा पनि चित्रण गरिएको थियो जसले ज्याक्सनको परिवारलाई ‘सार्वजनिक लिन्चिङ’को रुपमा वर्णन गरेको थियो । सन् २०२० मा लस एन्जलसका न्यायाधीशले कम्पनीले उनीहरुको हेरचाह गर्ने कर्तव्य नभएको भन्दै सेफचुकले ज्याक्सनको व्यवसायमा मुद्दा हाल्न नसक्ने निर्णय सुनाएका थिए । एक वर्षपछि तिनै न्यायाधीशले सोही आधारमा रोबसनविरुद्ध फैसला सुनाएका थिए ।

तर शुक्रबार क्यालिफोर्नियाको एक अदालतले पहिलेको निर्णयप्रति असहमति जनाउँदै आदेश दिएको छ । जसमा अपराधीको स्वामित्वमा भएको कम्पनीले बालबालिकालाई बचाउने सकारात्मक कर्तव्यबाट भाग्न नहुने र यौन दुर्व्यवहारलाई सहयोग पुर्‍याउन नहुने फैसला सुनाएको हो ।

सेफचक र रोबसनका वकिल भिन्स फिनाल्डीले भने, ‘अदालतले पहिलेका मुद्दाबारेको गलत निर्णयलाई उल्टाएको छ, जुन क्यालिफोर्नियाको कानुनको विरुद्ध थियो र यसले बालबालिकालाई जोखिममा पार्न सक्ने खतरनाक उदाहरण स्थापित गरेको थियो ।’

ज्याक्सनको सम्पत्तिका लागि नियुक्त गरिएका वकिल जोनाथन स्टेनसापिरले चाहिं ज्याक्सन पूर्ण रुपमा निर्दोष रहेको कुरामा आफू विश्वस्त रहेको र यसलाई सबै विश्वसनीय प्रमाणले पुष्टि गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?