+
+

कोशीमा एमालेले भन्यो : उपसभामुखको स्वास्थ्यमा अनुचित लाञ्छना लगाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १६:३३

४ भदौ, विराटनगर । नेकपा एमालेका नेता रेवतीरमण भण्डारीले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिँदैछन् । सोमबार बिहान उपसभामुख सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै काठमाडौं आएकी छन् ।

सत्ता गठबन्धन दलका नेताहरुले उपसभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाधा पु¥याएको आरोप लगाएका थिए । तर एमाले संसदीय दलका प्रमुख सचेतक भण्डारीले उपसभामुखले जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गरेको दाबी गरे ।

मुख्यमन्त्रीले सूचना सचिवालयमा दर्ता गर्नुभयो, उहाँले ४ गतेलाई समय तोक्नुभयो । समय तोक्दिन १३ गते कटाइदिन्छु भन्नुभएन’ भण्डारीले भने, ‘सभामा आउँदिन, अरुको भूमिका पनि तोक्दिन । १३ गते कटाइदिन्छु भन्नुभएन ।’

उपसभामुखले आफू बस्न नसके पनि सभा सञ्चालनको वातावरण बनाएर काठमाडौं गएको उनले बताए ।

‘उपसभामुखको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाइयो, उहाँ गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहेको कुरा हामीले फेसबुकमा देखेका छौं । तपाईहरुसँग बसेर सारा प्रमाण पेश गरेमा माफी माग्नुहुुन्छ’ भण्डारीले प्रश्न गरे, ‘कसैको स्वास्थ्य संवेदनशीलतामा हल्का टिप्पणी गर्नु उचित हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?