+
+

सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते २०:०२

४ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ ।

ललितानिवास जग्गा प्रकरणमा पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री जोशीलाई बोलाएर सीआईबीले बयान लिएको हो । ब्यूुरोबाट दिउँसो आफूलाई बोलाइएपनि पछि व्यस्त भएको जानकारीसहित फर्काइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्ट्याटस लेखेका थिए ।

त्यसपछि उनको बयान लिइएको हो । पक्राउ पूर्जी जारी भएपछि अनुसन्धान अधिकृतलाई थुनामा राखिराख्नु पर्ने नलागेपछि उनलाई छाडिएको ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए ।

पूर्वभूमिसुधारमन्त्री जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि प्रतिवादी थिए । त्यसबेला अदालत हाजिर भएर उनी तारेखमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?