
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहान ११ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।।
बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको छलफल हुने भएको छ । नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको दोस्रो चरणको अभियान घोषणा गरिएको छ ।
देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा विभाग विषयमा पनि छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए । विभाग र भ्रातृ संस्थालाई पूर्णता १५ भदौसम्म दिने पार्टीले निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4