+
+

‘हाइ सोलमेट’ भन्दै परमिता राणाले चिनाइन् प्रेमी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते ११:१५

काठमाडौं । पछिल्लो समय मुम्बईमा रहेकी नेपाली अभिनेत्री तथा मोडल परमिता राणाले प्रेमी सार्वजनिक गरेकी छन् । इन्स्टाग्राम रिल्समार्फत उनले मलायलम प्रेमीसँगको रोमान्टिक भिडियो ल्याएकी हुन् ।

‘हाइ सोलमेट’ क्याप्सन लेख्दै उनले आफूहरु कपलको रुपमा रहेको उल्लेख गरेकी छन् । ‘हाइ सोलमेट । ह्याप्पीनेस, लभ, सोलमेट, मलायलम, सेलिब्रेसन, रिल्स, कपल, ट्रेन्डिङ, विद यु’ क्याप्सन उनले लेखेकी छन् ।

भिडियोमा यो जोडीले रमाउँदै रेस्टुरेन्टमा खानाको मज्जा लिएको, घुमघाम गरेको र रोमान्स गरेको दृश्य देख्न सकिन्छ । परमिताले हातमा मेहेन्दी लगाएकी छन् । परमिताले प्रेमीबारे खुलाएकी छैनन् तर, उनी मलायलम रहेको उल्लेख गरेकी छन् । पछिल्लो एक वर्षयता परमिताले मुम्बईमा रहेर काम गर्दै आएकी छन् । उनले बलिउड मिडिया पिंकभिल्लाको मेकअपतर्फ काम गर्छिन् ।

कामको कुरा गर्दा परमिताले द कर्म, द म्यान फ्रम काठमाण्डु, चंगा चेट, रोज र चपली हाइट २ फिल्ममा अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?