+
+

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १९:०६

५ भदौ, विराटनगर । मोरङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।

विराटनगरको सेन्टमेरिज बोर्डिङ स्कुलको ग १ क  ६०१८ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बालकलाई बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा ठक्कर दिएको थियो ।

ठक्करबाट खोटाङ घर भइ बूढीगंगा–१ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देशको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले दिउँसो ४:४० बजेतिर उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?