+
+

कंगना रनावत र करण जोहरको दुश्मनी टुंगिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १६:२८

काठमाडौं । बलिउड निर्देशक करण जोहर र अभिनेत्री कंगना रनावतको झगडा कसैबाट लुकेको छैन । प्रायः एकपछि अर्को अवसरमा कंगनाले करणलाई तीखा शब्दहरु प्रहार गर्छिन् । यी दुई जनाबीच सधैं दरार रहन्छ ।

हालैको अन्तर्वार्तामा करणले कंगनाको फिल्म ‘इमर्जेन्सी’ हेर्न रुचि जागेको बताएपछि यी दुईबीचको शत्रुता अन्त्य हुन लागेको अनुमान गरिएको छ । करण र कंगनाबीचको दरारलाई बलिउडमा सबैभन्दा ठूलो विवाद भनिन्छ भने गलत हुनेछैन ।

तर हालै करणले दिएको बयानले कंगनासँग उनको दुश्मनी अन्त्यतर्फ उन्मुख भएको देख्न सकिन्छ । अहिले फ्यानले पनि त्यही अनुमान गरेका छन् । इण्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा करणले राजनीतिक कथामा आधारित फिल्मको बारेमा सोध्दा उनले कंगनाको फिल्मको नाम भने ।

करणलाई राजनीतिक कथावस्तुमा आधारित फिल्म कहिले बनाउने भनेर सोधिएको थियो । यसमा करणको जवाफ थियो– ‘इमर्जेन्सी नामक एक फिल्म अहिले बनिरहेको छ जसलाई हेर्नको लागि म निकै उत्साहित छु ।’

करणको यो अभिव्यक्ति कंगनासँग बोलचाल बन्द भएको करिब ६ वर्षपछि आएको हो । यो पूरै विवाद तब सुरु भयो, जब कंगना करणको च्याट शो कफी विथ करणमा उनको फिल्म ‘रंगुन’को प्रमोसन गर्न देखा परिन् । उक्त शोको क्रममा कंगनाले करणलाई फिल्म माफिया भनेकी थिइन् । उनीमाथि नातावाद फैलाएको आरोप पनि लगाएकी थिइन् ।

यसपछि सामाजिक सञ्जालमा अर्कै युद्ध सुरु भयो । कैयौं पटक दुवैले एकअर्कालाई आरोप-प्रत्यारोप गरेको पनि देखियो । हालै ‘रकी र रानीकी प्रेमकहानी’ फिल्म रिलिजको क्रममा कंगनाले करणलाई बक्स अफिसमा किनेको आरोप समेत लगाएकी थिइन् । यसपछि कंगनाले करणलाई सन्यास लिन पनि भनेकी थिइन् ।

अभिनेत्रीले सुशान्त सिंह राजपुतको मृत्युमा करण जिम्मेवार भएको आरोप पनि लगाएकी थिइन् । कंगनाको आगामी फिल्म ‘इमर्जेन्सी’ २४ नोभेम्बर २०२४ मा प्रदर्शनको तयारीमा छ । फिल्ममा कंगनासहित भूमिका चावला, सतीस कौशिक, मिलिन्द सोमन, महिमा चौधरी, श्रेयश तलपडे लगायतको शीर्ष भूमिका छ ।

यो फिल्मको कथावस्तुमा सन् १९८३ मा इन्दिरा गान्धीको सरकारको बेला लागू गरिएको संकटकालमा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?