
६ भदौ, सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवालसहित ६२ जना एमालेमा प्रवेश भएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी विभाजन हुनु भन्दा अगाडि उनी एमालेको जिल्ला सचिव रहेका थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।
२०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए ।
समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनमा रहेकाहरु पनि एमालेमा फर्केका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4