+
+

‘बार्बी’ यस वर्षकै धेरै ग्रस कमाउने फिल्म, ‘गदर २’ ले कमायो ४०० करोड भारु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १७:४३

काठमाडौं । ‘बार्बी’ उत्तर अमेरिकी बक्स अफिसमा सन् २०२३ कै सर्वाधिक ग्रस कमाउने फिल्म बन्ने भएको छ । डेडलाइन म्यागजिनका अनुसार फिल्मले बुधबार युनिभर्सल स्टुडियोको फिल्म ‘द सुपर मारियो ब्रोस मुभी’को कमाइलाई उछिन्ने पक्का छ ।

‘बार्बी’ले अमेरिका र क्यानडामा ५७४.२ मिलियन डलर कमाउँदै सर्वाधिक ग्रस कमाइ गर्ने फिल्मको रेकर्ड राख्ने निश्चित भएको हो । यसअघि वार्नर ब्रोजको फिल्म ‘ह्यारी पोर्टर एण्ड द डेथ्ली हलोज पार्ट २’ सन् २०११ मा सर्वाधिक कमाउने ग्रसर फिल्मको रेकर्ड राखेको थियो । जसले त्यसबेला ३८१ मिलियन डलर कमाएको थियो ।

यता बलिउडमा सनी देओल स्टारर ‘गदर २’ ले उछाल कमाइ गरेको छ । फिल्मले १२ दिनसम्म ४००.७० करोड नेट भारुको कमाइ गरेको बलिउड व्यापर विश्लेषकले जनाएका छन् । यो फिल्मले १२ ‌औं दिनमा मात्रै १२.१० करोड भारुको कलेक्सन गरेको जनाइएको छ ।

यतिबेला अभिनेता देओल र अभिनेत्री अमिषा पटेल फिल्म प्रवर्द्धनका लागि लण्डन प्रस्थान गरेका छन् । दुबईबाट फिल्म प्रचारको लागि उनी लण्डन पुगेका हुन् । अभिनेता देओलले ‘गदर २’ ब्लकबस्टर भएपछि पारिश्रमिक ८० प्रतिशतले वृद्धि गरेको जनाइएको छ ।

यसअघि उनको पारिश्रमिक १० देखि १५ करोड भारुको बीचमा थियो । जानकारका अनुसार अब सनी देओलले २० करोड भारुभन्दा बढी शुल्क लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?