+
+

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १९:०९

६ भदौ, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?