+
+

प्रहरीले लागूऔषधकर्ता पछ्याउँदा एक युवक डराएर सेतीमा हाम फाले

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १९:५१

६ भदौ, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सेती नदीमा एक युवाले हाम फालेका छन् । सेती हाम फाल्ने पोखरा–१ कसेरी बस्ने २८ वर्षीय सन्तोष तामाङ छन् ।

प्रहरीका अनुसार तामाङका भाइले दाइ सन्तोष सेतीमा हाम फालेको आफूले देखेको भन्दै खबर गरेका थिए ।

प्रहरीले लागुऔषध पछ्याउँदै जाँदा कसेरीबाटै ३ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले लागु औषधसहितका युवालाई पछ्याउँदै प्रक्राउ गर्न जाँदा सन्तोष डराएर सेतीमा हाम फालेको स्थानीयबासिन्दाले बताएका छन् ।

पोखरा महानगर वडा नम्बर १ अध्यक्ष शाहारा प्रधानले पनि प्रहरीले लागुऔषधसहितका युवालाई समात्न जाँदा अर्का युवा सन्तोष डराएर सेतीमा हाम फालेको परिवार र स्थानीयले बताइरहेको जानकारी दिए ।

‘१९\२० वर्षका केटालाई प्रहरीले पक्राउ गर्न जाँदा उनी चाहिँ डराएर सेतीमा हाम फालेको बुझिएको छ,’ वडाध्यक्ष प्रधानले भने, ‘भर्खरै म घटनास्थलबाट फर्किएको छु । बगरमा बालुवा चाल्नेले पनि सेतीमा मान्छे बगिरहेको देखेको बताएका छन् ।’

दिउँसो ३ जना युवालाई लागु औषधसहित पक्राउ गरिएको र उनीहरुको म्याद थपको प्रक्रिया चलिरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।

समातिने युवा कारोबारी हुन् कि प्रयोगकर्ता अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

सन्तोषका भाइले दिउँसो ४ बजेतिर प्रहरीलाई खबर गरेपछि उनको खोजीका लागि खटिएको तर फेला पार्न नसकिएको विकले जानकारी दिए ।

रात पनि परिसकेकाले बिहीबार बिहानैदेखि खोजी कार्यमा सहज हुने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?