+
+

शनिबारदेखि मौसममा क्रमिक सुधार हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते ८:०८

७ भदौ, काठमाडौं । मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । आज र भोलि पनि अहिलेको जस्तो अवस्था रहीरहने पूर्वानुमान छ । वरिष्ठ मौसमविद वरुण पौडेल शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर तिर सरेर नेपाल नजिक अवस्थित छ । साथै भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव परेको छ । त्यसैले देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

‘अहिले मनसुन सक्रिय छ । आज र भोलि पनि अवस्था यस्तै नै रहन्छ,’ वरिष्ठ मौसमविद पौडेलले अनलाइनखबरसँग भने, ‘शनिबारदेखि केही सुधार हुन्छ ।’ उनका अनुसार गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

काठमाडौं उपत्यकाको हकमा दिउँसो केहीबेर वर्षा रोकिए पनि बादल नहट्ने र अपराह्न फेरि पानी पर्ने सम्भावना छ । राति वर्षाको मात्रा अझै बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा लेखिएअनुसार आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यी क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । मौसमविद पौडेलले भने, ‘मनसुन सक्रिय भएकाले असुविधा र जोखिम हुने भएकाले सकेसम्म यात्रा नगर्दा राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?