+
+

फरक शैलीमा एमालेको कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते २०:५७

७ भदौ, काठमाडौं । नेकपा एमालेले फरक शैलीमा कार्यक्रम सञ्चालन गर्न थालेको छ । पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा बिहीबार फरक शैलीमा कार्यक्रम गरेको थियो ।

१ भदौमा अन्तरपार्टी निर्देशिका–८ जारी गर्दै एमालेले पार्टी कार्यक्रम गर्दा अतिथिहरुका लागि मञ्चमा कुर्सी नराख्न, खादामालाको प्रयोग नगर्न र बक्ता बाहेकलाई आसन ग्रहण नगराउन निर्देशन दिएको थियो ।

त्यही निर्देशन अनुसार, बिहीबार आसनग्रहण, अतिथि बसाइ र मञ्च व्यवस्थापन गरिएको भुतपूर्व सैनिक तथा प्रहरी संगठनका इन्चार्ज यज्ञराज सुनुवारले बताए ।

‘पार्टीको निर्देशन हाम्रो कार्यक्रमबाट सुरु भएको छ । अब अरु कार्यक्रममा पनि दिक्क लाग्नेगरी अतिथि आसनग्रहण, खादामालाको प्रयोग हुँदैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?