+
+

एमालेको पाल्पा अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १२:४६

१३ जेठ, बुटवल । नेकपा एमालेको पाल्पा जिल्ला अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत रुपमा चयन भएका छन् ।

१० औं जिल्ला अधिवेशनले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र  मीना जिसीलाई चयन गरेको छ ।

अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर नेताहरुको छलफलपछि सहमतिमा नेतृत्व टुंगिएको हो ।

जिल्ला कमिटी सदस्यमा दलित ८ जना, जनजाति ८ जना, ४० बर्षमुनिका १६ जना चयन भएका छन् । यसैगरी महिलातर्फको खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जना चयन भएका छन् ।

पालिकातर्फ निस्दी, पूर्वखोला, माथागढी, बगनासकाली, रिब्दीकोट र रैनादेवीछहरा गाउँपालिकाबाट पाँच/पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकाबाट ३ जना, रम्भा गाउँपालिकाबाट ४ जना, रामपुर नगरपालिकाबाट ९ जना र तानसेन नगरपालिकाबाट १० जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?