+
+

टर्कीले मुद्रास्फीति नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्‍यायो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १४:४३

८ भदौ, टर्की । टर्कीको केन्द्रीय बैंकले बिहीबार उच्च मुद्रास्फीति र मुद्राको उत्तारचढाव विरुद्ध बैंकको ब्याजदर २५ प्रतिशत पुर्‍याएको छ ।

मौद्रिक नीति समितिले १७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने निर्णय गरेको टर्कीको केन्द्रीय बैंकले जनाएको हो ।

हालका सूचकहरुअनुसार देशको मुद्रास्फीति अत्यधिक बढेको छ । मुद्रास्फितिमा सुधार नहुन्जेलसम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ ।

बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न टर्कीले जुन महिनादेखि जुलाईसम्म आफ्नो नीति दर दुई पटक बढाएको छ ।

जुन २२ मा केन्द्रीय बैंकले बैंकको ब्याजदर ८.५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो । जुलाई २० मा १५ बाट बढाएर १७.५ प्रतिशत पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?