
एक्स (ट्वीटर) को प्रतिस्पर्धी सोसल मिडिया प्लाटर्फम थ्रेड्सको वेब संस्करण आएको छ ।
मेटा कम्पनीले इन्स्टाग्राममा आधारित थ्रेड्स प्लाटर्फमको वेब भर्सनलाई विश्वभर सुरु गरेको हो ।
इन्स्टाग्रामका सीईओ एडम मोसेरीले यसको घोषणा गरेका छन् । उनले थ्रेड्समा एक पोस्ट गर्दै भनेका छन्, ‘थ्रेड्स डट नेट अब सबैका लागि उपलब्ध छ । तपाईंलाई यो कस्तो लाग्छ ? हामीलाई बताउनुहोला ।’
गत महिना सुरु भएको थ्रेड्स एप हालसम्म एन्ड्रोइड र आईओएस प्लाटर्फममा मात्र उपलब्ध थियो । वेब भर्सन सार्वजनिक भएसँगै अब थ्रेड्स एप डेस्कटपमा पनि चलाउन सकिनेछ ।
टेक्स्ट बेस्ड सोसल मिडिया प्लाटर्फम थ्रेड्सको वेब संस्करणमा आगामी हप्तासम्ममा विभिन्न नयाँ नयाँ फिचरहरु थप गरिने थ्रेड्सका प्रवक्ताले जानकारी दिएका छन् ।
सुरुआतमा कीर्तिमानी दरमा प्रयोगकर्ताको साथ पाएको थ्रेड्स पछिल्लो समयमा ती प्रयोगकर्ता टिकाउन संघर्षरत छ । उसका सक्रिय प्रयोगकर्ताको संख्यामा ५ गुणाले कमी आउनुका साथै थ्रेड्समा प्रयोगकर्ताले बिताउने समयमा पनि तीव्र रुपमा गिरावट आएको छ । यस्तोमा थ्रेड्सको वेब भर्सन प्रयोगकर्तालाई आकर्षित गरी टिकाइराख्न तथा प्रयोगको समय बढाउनका लागि समेत सफल बन्ने अपेक्षा मेटाको छ ।
प्रतिक्रिया 4