+
+

नेप्सेमा २०.५४ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १५:४२

१० भदौ, काठमाडौं । सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २०.५४ अंकले गिरावट हुँदा १९९३.३८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार भन्दा १.०२ प्रतिशतले गिरावट भएको हो ।

गत साताको सोमबार २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेपनि बिहीबार पुनः घटेको थियो । आइतबार पनि लगातार घटेको नेप्से पुनः २ हजारको विन्दुबाट तल झरेको हो । आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक १.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशतले गिरावट भएको हो । आइतबार अन्य निर्जीवन बीमा, लघुवित्त र वित्त कम्पनी उपसूचकमा पनि १ प्रतिशत भन्दा माथिको कारोबार भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार र बिहीबार लगातार २ कारोबार दिन डेढ अर्ब नाघेकोमा आइतबार सवा १ अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २६ करोड २८ लाखको कारोबार भएको छ ।

जसमध्ये एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ४७ लाखको कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख र सोल्टी होटलको ४ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ४ कम्पनीको सेयरमूल्य सिथर छ । आइतबार कारोबार भएकोमध्ये कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा स्वाभिमान लघुवित्तको सेयरमूल्य ६ प्रतिशत र पिपुल्स पावर कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले वृद्धि भएको छ । यता सिटिजन्स म्युचुअल फण्डको इकाइमूल्य ५.८८ प्रतिशतले बढेको छ ।

मकर जितुवामाई सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले गिरावट हुँदा लिवटी इनर्जी इनर्जी कम्पनीको सेयरमूल्य ६.३० प्रतिशत र अपर स्याङ्‍गे हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.७९ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?