+
+

निजामती दिवसमा सबै सरकारी कार्यालयले नवप्रर्वतनीय काम थाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १४:३९

१० भदौ, काठमाडौं । सरकारले निजामती सेवा दिवस २०८०को अवसरमा प्रत्येक मन्त्रालय, सचिवालय, आयोग, विभाग र अन्तरगतका कार्यालयले कम्तीमा एउटा नवप्रर्वतनीय (इनोभेटिभ) कामको सुरुवात गर्ने निर्णय गरेको छ ।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले आगामी २२ भदौमा मनाइने निजामती सेवा दिवसको अवसरमा सबै सरकारी कार्यालयले कम्तीमा एउटा नयाँ किसिमको कामको सुरुवात गर्ने निर्णय गरेको हो ।

यस वर्ष दिवसको नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन :  विकास समृद्धि र सुशासन’ तय गरिएको छ । सो दिन काठमाडौंमा प्रधानमन्त्रीको उपस्थिथिमा विशेष कार्यक्रम गर्ने र सबै तहका सरकारका निकायहरुमा सरसफाइ, वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गर्ने निर्णय पनि भएको छ ।

निजामती दिवसमा अवसरमा सचिव ११ र ट्रेड युनियनबीच मैत्रीपूर्ण फुटबल, वृहत्त रक्तदान, दिपावली, निजामती कल्याणकारी कोषबारे अन्तरक्रिया, बाँकी कार्यालयहरुमा एकीकृत कार्यसञ्चालन प्रणालीको सुरुवात, निजामती सेवा पुरस्कार वितरण लगायतका कार्यक्रम हुँदैछन् ।

निजामती सेवा दिवस मनाउन संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पनि पत्राचार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?