+
+

गौरव पहारीको ‘दुई कदम’ मंसिर २९ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १६:३३

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई रिलिज मिति तय गरेका हुन् ।

सार्वजनिक फिल्मका दुई पोस्टरमा फिल्मका कलाकारलाई चित्रण गरिएको छ । एक पोस्टरमा डेब्यु अभिनेता इओन लिम्बू र डेब्यु अभिनेत्री सिमोन गिरीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा गौरव पहारी र सिमोनलाई चित्रण गरिएको छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मकी निर्माता तारादेवी लिम्बू हुन् । फिल्ममा गौरव, इओन र सिमोनसहित सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ ।

फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि अतिथि भूमिका निर्वाह गरेका छन् । फिल्मको छायांकन पूर्वी नेपालका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?