+
+

पूँजीपतिहरूले गणतन्त्र उल्ट्याउन खोजे : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १७:३०

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीपतिहरूले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरूको गणतन्त्र वा गणतन्त्र नै उल्ट्याएर सामन्ती तत्वहरूसँग सम्झौता गर्न चाहिरहेको बताएका छन् ।

बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूहरू जनगणतन्त्रबाट माथि उठाएर मलुकलाई समाजवादी गणतन्त्रमा रुपान्तरण चाहिरको बताए ।

दुई पक्षबीचको लडाइँ यही भएको बताउँदै यसमा आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्ने बउनको धारणा थियो । त्यसका लागि मित्रहरूका साथै मोर्चामा इमान्दारपूर्वक लाग्नुपर्ने आवश्यक्ता उनले औँल्याए ।

नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको भन्दै उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको बताए ।

‘निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजिएको छ,’ उनले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ ।’

प्रधानमन्त्रीले आफू जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए । धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए ।

अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरू सडकमा लाखौं जनताको नेतृत्व गरेर ती सबै शक्तिहरूलाई परास्त गर्न सक्ने उनको भनाई थियो । उनले जनतालाई समाजवादको प्रशिक्षण दिँदै आन्दोलित गराउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?