+
+

गुडिरहेको गाडीमाथि पहिरो खस्यो, ८ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते ९:४३

१३ भदौ,बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरोले च्यापेको हो ।

जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ। गाडी भित्र अझै २ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?