+
+

रिजवान र बाबरले गरे ५० रनको साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १६:५९

१२ भदौ, काठमाडौं । नेपालविरुद्ध पाकिस्तानका ब्याटरद्वय मोहम्मद रिजवान र कप्तान बाबर आजमले ५० रनको साझेदारी गरेका छन् ।

४४ रन दिएर २ विकेट लिई पावरप्ले सकेको नेपालले पाकिस्तानविरुद्ध राम्रो सुरुवात गरेको थियो । तर ओपनर ब्याटरद्वय फाखर जमान र इमान उलहकलाई आउट गरेपछि नेपालले तेस्रो विकेट लिन सकेन । तेस्रो विकेटको लागि रिजवान र बाबरको साझेदारी तोड्न नेपाली बलरहरुलाई गाह्रो भएको छ ।

पाकिस्तानका ओपनर ब्याटर फाखर जमान विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए । सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गराए ।

हाल १९ ओभर सकिँदा रिजवान र बाबरले ५९ रनको साझेदारी गर्दै खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?