+
+

सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्नु हुँदैन : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते २०:०३

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताएका छन् ।  बुधवार काठमाडौंमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने, ‘संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने,उनीहरुलाई निरुत्साहित गर्ने काम नगर्न आग्रह गर्दछु । व्यापार व्यवसाय गरेर पैसा कमाउनु अपराध हैन । सरकारले अपराधीको जस्तो व्यवहार गर्नुहुँदैन ।’

उनले राज्यले मुलुभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताए । उनले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने भए पनि निरुत्साहित बनाइ रहेको बताए ।

उनले व्यवसायीलाई अपमान भन्दा पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए । उनले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरुको संरक्षण कुनै पनि राजनीतिक दलको नेताले गर्ने नभएर नीतिले गर्ने बताए । सभापति लामिछानेले नीतिले संरक्षण गर्‍यो भने मात्रै निजी क्षेत्र समृद्ध हुनसक्ने बताए ।

‘कुनै पनि व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरुको संरक्षण कुनै पनि राजनीतिक दलको नेताले गर्ने होइन । नीतिले गर्ने हो । नीतिले संरक्षण गर्‍यो भने निजी क्षेत्र समृद्ध हुन्छ,’ उनले भने, ‘नेताले गरेको संरक्षण यस्तै हुन्छ । निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार छ । पार्टीमा सदस्य बन्न र चन्द्रा आतंकको मारमा कहिल्यै पनि बाध्य पारिने छैन ।’

उनले व्यापार व्यवसाय र उद्योगी व्यवसायीहरुलाई अहिलेसम्म नेताले संरक्षण गरेकाले मुलुक माथि उठ्न नसकेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार रहेको भन्दै उद्योगी व्यवसायीहरुलाई पार्टीमा सदस्य बन्न र चन्दा आतंकको मारमा कहिल्यै पनि बाध्य नपर्ने बताए ।

उनले भने, ‘अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर हुनेवाला केही छैन । अर्थतन्त्र माथि उकास्ने भन्दा बाहेकका कुरा गर्नु बेकार हो । निजी क्षेत्रलाई दुरुत्साहित गर्ने अपमानित गर्ने जुन कुराहरु भइरहेका छन् ।’

उनले अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर मुलुकको अर्थतन्त्र माथि उकास्न नसकिने बताए । उनले पछिल्लो समय माडवाडी व्यवसयिक समूहलाई लिएर अपमान जनक टिप्पणीहरु भएको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

‘पछिल्लो समय मारवाडी व्यवसायिक समुहलाई लिएर अपमान जनक टिप्पणीहरु भएका छन् । जुनसुकै समुदायको मानिस होस् । गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गरोस् ।’ उनले भने ।

उनले जुनसुकै समुदायको मानिस भए पनि गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गर्न आग्रह गरे । उनले संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने, निरुत्साहित गर्ने काम नगर्न नहुने बताए ।

‘अबौं लगानी गररेर रोजगारी सिर्जना गर्नेदेखि राज्यलाई कर तिर्नेसम्मको काम व्यवसायीले गरेका छन् । उहाँहरूका चुनौती धेरै छन् ।’  उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?