+
+

पुल्चोक इन्जिनियरिङ कलेजको नेविसंघ इकाइ सभापतिबाट राजीनामा दिएको चापागाईंको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते ९:५३

१४ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिनेसम्बन्धी सहमतिमा आमरण अनसनरत पक्षलाई बेवास्ता गरिएको भन्दै पुल्चोक इन्जिनियरिङ कलेजका नेविसंघ इकाइ सभापति सुलभ चापागाईंले राजीनामा दिएको घोषणा गरेका छन् ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै चापागाईं आफैं आमरण अनसन बसेका थिए । उनको अनसनमा नेविसंघ लगायतका संघ संगठनहरुले साथ दिएका थिए । संसदमा पनि शुल्क वृद्धि फिर्ताको माग सम्बोधन गर्दै आमरण अनसन बसेका चापागाईं लगायतको जीवन रक्षाको माग गर्दै आवाज उठेको थियो ।

बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा र प्रमुख विद्यार्थी संगठनका नेतृत्वहरुबीच शुल्क फिर्ता लिने र अनसन लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णयसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो । सहमति पत्रमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट विद्यार्थी संगठनकी अध्यक्ष आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले हस्ताक्षर गरेका छन् ।

तर आमरण अनसन बसेकाहरुलाई यो निर्णयमा संलग्न नगराइएको भन्दै सुलभ असन्तुष्ट थिए । उनले नेविसंघ पुल्चोक इकाइ सभापतिबाट राजीनामा दिएको सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै सुरु गरिएको आन्दोलन सफल भएको भन्दै कतिपयले सामाजिक सन्जालमार्फत् सुलभलाई बधाई दिएका छन् भने कतिपयले उनलाई बेवास्ता गरेर सहमति गरिएको भन्दै विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?