+

चर्को घामका कारण हुने ‘ट्यानिङ’ हटाउने ८ घरेलु उपाय

२०८२ वैशाख  २५ गते १८:०८ २०८२ वैशाख २५ गते १८:०८
Shares
चर्को घामका कारण हुने ‘ट्यानिङ’ हटाउने ८ घरेलु उपाय

गर्मीमा चर्को घामको कारणले गर्दा ट्यानिङ(छाला डढ्ने) हुन्छ । यस्तो अवस्थामा, घाममा केही समय बाहिर निस्कँदा पनि ट्यानिङ सुरु हुन्छ । शरीरको जुन भागमा बढी घाम लाग्छ, त्यो भाग ट्यानिङ हुन्छ । त्यसैले यो मौसममा छालाको विशेष हेरचाह आवश्यक हुन्छ ।

ट्यानिङको समस्याबाट छुटकारा पाउन यी ८ उपाय अपनाउन सकिन्छ ।

१‍. कागती र मह प्याक

कागतीमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुन्छ । यसबाहेक यसमा भिटामिन सी पनि राम्रो मात्रामा पाइन्छ । महले भने छालालाई मोइस्चराइज गर्छ । हात र खुट्टाको ट्यानिङ हटाउन एक चम्चा कागतीको रस र एक चम्चा मह मिसाएर लगाउने ।  १५–२० मिनेटपछि मनतातो पानीले धुने ।  यसलाई हप्तामा ३ पटक प्रयोग गर्नुपर्छ । यसरी हप्तामा ३ पटक प्रयोग गर्दा ट्यानिङ बिस्तारै कम हुन थाल्छ ।

२. बेसन र दहीको पेस्ट

ट्यानिङको दाग हटाउन बेसन प्रभावकारी हुन्छ । दहीले छाला सफा गर्छ । एक चम्चा दहीमा दुई चम्चा बेसन मिसाएर पेस्ट बनाउने ।  यसलाई हातमा लगाउने र सुकेपछि बिस्तारै रगडेर धुने । यो विधिले छालालाई एक्सफोलिएट गर्छ र ट्यानिङ हटाएर छालाको रङ सुधार गर्छ ।

३. गोलभेँडा र दही पेस्ट

गोलभेँडा र दहीबाट बनेको पेस्ट पनि ट्यान भएको ठाउँमा लगाउन सकिन्छ । यी दुवैमा छालालाई चम्किलो बनाउने गुणहरू हुन्छन् । यसका लागि, आधा गोलभेँडालाई कुटेर पेस्ट बनाउने । त्यसपछि त्यसमा दुई चम्चा दही मिसाउने र प्रभावित क्षेत्रहरूमा पेस्ट लगाउने सुकेपछि, यसलाई सादा पानीले धुने ।

४. एलोभेरा जेल र गुलाबजल

एलोभेरामा शीतलता प्रदान गर्ने गुणहरू हुन्छन्, जसले घामले पोलेको र ट्यानिङलाई कम पार्छ । एलोभेरा जेलमा गुलाबजल मिसाएर छालामा लगाउने । यसलाई रातभर छोड्ने र बिहान सादा पानीले धुने । यसलाई दैनिक प्रयोग गर्न सकिन्छ ।

५.बेसन र बेसार

एउटा भाडामा बेसन र थोरै बेसार मिसाउने । यसमा पानी वा दूध हालेर पेस्ट बनाउने र अनुहारमा लगाउने । यसले छालालाई निखार्छ र चम्किलो देखिन्छ ।

६.आलुको रस

आलुको रसलाई निकालेर यस रसलाई अनुहारमा कपासको मद्दतले लगाउने र १० देखि १२ मिनेटपछि धोएर हटाउने । आलुले ट्यानिङलाई मात्र कम गर्दैन, अनुहारका दाग–धब्बाहरूलाई पनि हल्का बनाउँछ ।

७.सनस्क्रिनको नियमित प्रयोग

ट्यानिङ हटाउनु भन्दा रोक्नु बढी महत्त्वपूर्ण हुन्छ  । यसका लागि, जब बाहिर घाममा गइन्छ ३० एसपीएफ वा सोभन्दा बढीको सनस्क्रिन लगाउन बिर्सनु हुँदैन । साथै घामको प्रत्यक्ष सम्पर्कबाट बच्न छालालाई कपडाले ढाक्ने वा छाताको प्रयोग गर्न सकिन्छ ।

८.मोइस्चराइजर प्रयोग

नुहाइसकेपछि छालालाई मोइस्चराइज गर्न बिर्सन हुँदैन । छालालाई मोस्चराइज गर्दा टयानिङको दाग बस्ने सम्भावना कम हुन्छ । यस्तो अवस्थामा, कुनै पनि हल्का मोइस्चराइजर प्रयोग गर्न सकिन्छ ।

ट्यानिङ
सरिता दुलाल पनेरु
लेखक
सरिता दुलाल पनेरु
ब्युटिसियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्तीजन्य पदार्थले कसरी गराउँछ, मुखको क्यान्सर ?

सूर्तीजन्य पदार्थले कसरी गराउँछ, मुखको क्यान्सर ?

के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

किन गन्हाउँछ काखी, कसरी हटाउने ?

किन गन्हाउँछ काखी, कसरी हटाउने ?

सुतेका बेला किन बन्द हुन्छ नाक, के छ उपचार ?

सुतेका बेला किन बन्द हुन्छ नाक, के छ उपचार ?

बच्चाले खानेकुरा अड्काए तुरुन्त के गर्ने ?

बच्चाले खानेकुरा अड्काए तुरुन्त के गर्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?