+
+

‘नाङ्गो गाउँ’को छायांकनमा रोमान्टिक दयाहाङ र मिरुना (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते ११:३५

काठमडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ गते रिलिज हुने तयारीमा छ । त्यसअघि निर्माताले बुधबार एक गीतको छायांकन गरेका छन्, जसमा दयाहाङ ‘सुन सुन सुन्दरी’ भन्दै मिरुनालाई जिस्काउँदै थिए ।

मकवानपुरको चित्लाङमा तीन दिन लगाएर खिचिएको यो गीतको दृश्यमा यी दुई अनस्क्रिन कपल रोमान्टिक देखिएका छन् । प्रदर्शनको लागि तीन साता बाँकी रहँदा निर्माताले गीत छायांकन गरेको हो ।

‘सुन सुन सुन्दरी’ बोलको गीतमा अन्जु पन्त र एसडी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ । रामजी लामिछानेले नृत्य निर्देशन गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ ।

फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । निर्देशक लामाले केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने बताए । हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ । यो फिल्ममा शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, मिरुना मगर, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मले चुनावका बेला गाउँमा देखिने राजनीतिक दाउपेचको कथावस्तु प्रस्तुत गर्छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?