+
+

लोनमा ब्राइटन जाने भए अन्सु फाती

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १२:५१

१४ भदौ, काठमाडौं । बार्सिलोनाका फवार्ड अन्सु फाती लोनमा इंग्लिस क्लब ब्राइटन जाने भएका छन् ।

२०१९/२०२० को सिजनमा सिनियर टिममा डेब्यू गरेका फातीले बार्सिलोनामा शानदार सुरुवात गरेका थिए । लिओनल मेस्सीले क्लब छाडेपछि फातीलाई १० नम्बरको जर्सी दिइएको थियो ।

पछिल्लो समय कम अवसर पाउन थालेपछि उनका बुबाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । यदि खेल्ने समय कम पाउने हो भने क्लब छाड्नुपर्ने उनको तर्क थियो ।

तर फातीले बार्सिलोनामै बस्न चाहे । बार्सिलोनाले पनि २०२० मै फातीका लागि आएको १५० मिलियन डलरको अफर अस्वीकार गरेको थियो । गत वर्ष फातीले २०२७ जुनसम्मका लागि नयाँ सम्झौता गरे र उनको रिलिज क्लज १ बिलियन डलर पुर्‍याइयो । तर अहिले अवस्था फेरिएको छ ।

बार्सिलोनामा उनले खेल्ने अवसर कम पाएका छन् । यो सिजनको तीनवटै खेलमा उनी प्लेइङ ११ मा परेनन् । सबै खेलमा सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका उनले जम्मा ४७ मिनेट खेल्न पाए ।

राफिन्हा निलम्बनमा रहेको दुई खेलमा पनि बार्सिलोनाका प्रशिक्षक जाभीले फातीलाई प्लेइङ ११ मा राखेनन् । उनको सट्टा १६ वर्षका लमिन यमाललाई खेलाएका छन् ।

त्यही कारण उनी बार्सिलोना छाडेर इंग्लिस क्लब ब्राइटन जाने भएका हुन् ।

लिभरपुल, टोटनह्याम लगायतका क्लबले पनि उनलाई भित्र्याउन चाहेको थियो । तर टिममा महत्वपूर्ण भूमिका पाउने आशमा उनले ब्राइटन रोजेका हुन् । उनले २०२४ को जुनसम्म ब्राइटनका लागि खेल्नेछन् । तर ब्राइटनले उनलाई किन्न पाउने छैन र फाती जुन २०२४ मा बार्सिलोना फर्किनुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?